Online Nepal
  • आइतबार, १४ पुष २०८१
  • डिआईजी धानुकद्वारा अबैध उत्खनन् तत्काल रोक्न एसपीलाई  निर्देशन , सिडिओ पनि मुछिए

    डिआईजी धानुकद्वारा अबैध उत्खनन् तत्काल रोक्न एसपीलाई  निर्देशन , सिडिओ पनि मुछिए

    अनलाइन नेपाल
  • बुधबार, १२ जेष्ठ २०७८
  • 6.7K
    SHARES

    घोराही । लुम्बिनी प्रदेश प्रहरीका डिआईजी रबिन्द्रसिंह धानुकले देउखुरीको राप्ती नदिमा ठुला-ठुला मेसिन लगाएर भइरहेको अबैध उत्खनन् तत्काल रोक्न जिल्ला प्रहरी कार्यालय दाङलाईनिर्देशन दिएका छन् ।

    राप्ती नदिमा मनोमानी उत्खनन् भन्ने बारेमा धेरै गुनासाहरु आएपछि जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपी गणेश चन्दलाई फोन गरेर तत्काल अबैध उत्खनन् रोक्न निर्देशन दिएका हुन ।



    चुरेले पनि पत्र पठाएर रोक्न निर्देशन दिइसकेकाले प्रहरीले त्यसलाई कार्यान्वयन गरेर लैजाने डिआईजी धानुकको भनाइ छ । ढुङ्गा, गिट्टि बिबादमा परेका एसपी चन्दलाई डिआइजी धानुकले पटक-पटक सचेत गराउदै आएका छन् ।



    तर, स्थानिय प्रहरी प्रशासनकै संरक्षणमा नदिजन्य पदार्थको अबैध उत्खनन् भइरहेको समाचारहरु आइरहेका छन् । डिआइजी धानुकले चन्द चन्दलाई कुनै पनि हालतमा अबैध उत्खनन् रोक्न बन्द गर्न भनिसकेको वताए।

    चन्दले भने सिडियोसहित समन्वय समितिको प्रमुखसहितको टोलिमा आफू पनि सहभागी भएर अनुगमन गरेको र रोक्न निर्देशन दिइसकेको जानकारी धानुकलाई दिएका छन्।

    तर, त्यसको कार्यन्वयन हुन्छ कि हुँदैन हेर्न भने बाँकी नै छ। बताए । साथै  डिआईजी धानुकले सिडिओसँग असिमित अधिकार हुने भन्दै त्यता पनि सबैले दबाब दिएर भन्नुपर्ने बताए ।

    यसअघि जिल्ला समन्वय समिति दाङका प्रमुख जीतेन्द्रमान नेपालीले बिपदको नाममा सेटिङमा मेसिन लगाइ  नदिजन्य पदार्थ अबैध उत्खनन् भइरहेको दाबी गरेका थिए । नेपालीले बिपद समिति दाङको संयोजक रहेका सिडियो, सदस्यहरु : एसपी , गाउँपालीका र नगरसहित उपमहानगरका प्रमुख कै मिलेमतोमा ठुला-ठुला मेसिन लगाएर अबैध उत्खनन् भइरहेको आरोप लगाएका थिए  ।

    जिल्ला समन्वय समिति दाङलाई पनि चुरेले पत्र पठाएर अबैध उत्खननमा मेसिन नलगाउन निर्देशन दिंदै कडा कारवाहीको चेतावनी दिएको थियो । देउखुरीको राप्ती पुलको पुर्बतिर सयौं टिप्परमा मेसिन लगाई अबैध उत्खनन् भइरहेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार