Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

एमाले सुदूरपश्चिम संसदीय दलले केन्द्रको निर्देशन मानेन, समर्थन फिर्ता नलिने अडान

धनगढी । सुदूरपश्चिम प्रदेश सभाको नेकपा एमाले संसदीय दलको बैठकले प्रदेशमा एमालेले माओवादी केन्द्रलाई दिएको समर्थन फिर्ता नलिने निर्णय गरेको छ।

यसअघि गत सोमबार एमाले स्थायी कमिटी बैठकले माओवादी नेतृत्वमा रहेको सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो ।

उक्त निर्णयमाथि छलफल गर्न आज बसेको प्रदेश संसदीय दलको बैठकले अहिलेको अवस्थामा सरकारलाई दिएको समर्थन यथावत् राख्ने निर्णय गरेको सांसद अमर साउदले जानकारी दिए ।

बैठकमा २० प्रदेश सभा सदस्य सहभागी भएका थिए। सुदूरपश्चिम प्रदेश सभामा एमालेको तर्फबाट सभामुखसहित कुल २५ सदस्य रहेकोमा बैठकमा ४ जना अनुपस्थित रहे । अनुपस्थित हुनेमा ओली पक्षका रतना थापा, ग्याल्बुसिंह बोहरा र लीलाधर भट्ट तथा माधव नेपाल समूहका चुनकुमारी चौधरी रहेकी थिइन्।

सुदूरपश्चिममा मुख्यमन्त्री त्रिलोचन भट्टको नेतृत्वको सरकार रहेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077