Online Nepal
  • बिहिबार, ८ कार्तिक २०८१
  • श्रीलंकाविरुद्धको एक दिवसीय सिरिजमाथि बंगलादेशको कब्जा

    श्रीलंकाविरुद्धको एक दिवसीय सिरिजमाथि बंगलादेशको कब्जा

    अनलाइन नेपाल
  • बुधबार, १२ जेष्ठ २०७८
  • 1.6K
    SHARES

    एजेन्सी । श्रीलंकाविरुद्धको एक दिवसीय सिरिजमाथि बंगलादेशले कब्जा जमाएको छ । तीन खेलको सिरिज बंगलादेशले एक खेल अगावै आफ्नो पक्षमा पारेको हो ।

    घरेलु टोली बंगलादेशले दिएको २४७ रनको लक्ष्य पछ्याएको बंगालदेशले नयाँ लक्ष्य अनुसार ४० ओभरमा ९ विकेट गुमाएर १४१ रन मात्रै बनाउ सक्यो ।



    पहिलो खेलमा ३३ रनको जित निकालेको बंगलादेश दोस्रो खेलमा भने १०३ रनको जित निकाल्दै सिरिजमा २–० को अग्रता लियो । ३९ ओभरमा १२७ रन भएका बेला पानी परेपछि खेल रोकिएको थियो । त्यसपछि श्रीलंकाले ४० ओभरमा २४५ रनको लक्ष्य पाएको थियो । त्यतिबेला श्रीलंकाले ३९ ओभर खेलि सकेकाले अन्तिम एक ओभरमा ११७ रन बनाउनु पर्ने नयाँ लक्ष्य पाएको थियो । अन्तिम ओभरमा १३ रन बनाए पछि श्रीलंका १०३ रनले पराजित हुन पुग्यो ।



    शुरुमा २४७ रनको लक्ष्य पछ्याउँदा श्रीलंकाको सुरुवात भने राम्रो रहन सकेन । उसका लागि ओपनर धनुष्का गुनथिलकाले सर्वाधिक २४ रन जोड्दा पाथुम निस्कानाले २० रनको योगदान गरे । यसैगरी कुशल मेन्डिस र असेन बान्ड्रालले १५–१५ रन जोडेका थिए । कप्तान कुशल परेरा भने १४ रनमा पभेलियन फर्किए ।

    बंगलादेशका लागि मेहदी हसन र मुस्फिजुर रहेमानले तीन तीन तथा साकिल अल हसनले दुई विकेट लिए ।
    ढाकामा टस जितेर पहिले ब्याटिङ गरेको बंगलादेश ४८ ओभर एक बलमा दुई सय ४६ रनमा अलआउट भयो । उसका लागि मुस्फिकुर रहिमले शतकीय पारी खेले ।

    राम्रो सुरुवात गर्न नसकेको बंगलादेशले १५ रन बनाउँदा दुई विकेट गुमाएको थियो भने ४९ रनमा तेस्रो विकेट खेर फालेको थियो । उसका ओपनर तमिम इक्बाल १३ रनमा आउट भए भने सकिब अल हसनले खाता खोल्न सकेनन् । यस्तै लिटोन दाशपनि ब्यक्तिगत २५ रनमा आउट भए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार