Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

आँफैले 'घातक' भनेका पुटिनसँग १६ जुनमा भेटघाट गर्दै बाइडेन, जेनेभामा यसरी हुँदै छ बैठक

एजेन्सी। विश्वका दुई शक्तिशाली मुुलुक अमेरिका र रुसबीच लामो समयदेखि राम्रो सम्बन्ध छैन।

तर, अमेरिकाको राष्ट्रपति बनेपछि जो बाइडेनले पहिलोपटक रूसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई भेट्दैछन् ।

यो कुरालाई पुष्टि गर्दै ह्वाइट हाउसले दुई नेताहरु जेनेभामा १६ जुनमा भेट हुने जनाएको छ ।

अमेरिका र रसियाको सम्बन्ध आजकल राम्रो चलेको छैन ।  बाइडेन र पुटिनले पनि एक अर्कामा धेरै पटक व्यक्तिगत टिप्पणी गरेका छन।

एबीसी न्यूजसँग कुरा गर्दै अमेरिकी राष्ट्रपति बाइडेनले भनेका थिए , पुटिनले २०२० को अमेरिकी चुनावमा कथित गडबडीहरूको लागि 'मूल्य तिर्नुपर्नेछ'।

बिडेनले एक साक्षात्कारमा पुटिनलाई 'घातक' भनेका थिए ।

यसको जवाफमा, पुटिनले बाइडेनलाई रूसी टिभीमा लाइभ कार्यक्रममा कुरा गर्न चुनौती दिएका थिए।

बाइडेन र पुटिनको भेटहरू धेरै पटक अनुमान मात्रगरिएको थियो।

मंगलबार, ह्वाइट हाउसका प्रेस सचिव जेन साकीले भने, '१६ जुनमा हुने बैठकमा सबै मुद्दाहरूमा छलफल हुनेछ। र ती मुद्दाहरू के हुन्, सबैलाई यो थाहा छ। हामी रूस र अमेरिकाबीचको सम्बन्ध सुधार्न चाहन्छौं र हामी विश्वव्यापी विषयमा सहयोग गर्दछौं।'

बाइडनले पदभार सम्हालेपछि पहिलोपटक पुटिनसँग फोनवार्ता गरेका थिए ।

अमेरिकी निर्वाचनका क्रममा रुसले दख्खल दिएकोलगायतका विषयमा छलफल गर्न बाइडेनले पुटिनलाई फोन गरेको ह्वाइटहाउसले जनाएको थियो। चुनाव जितेकामा पुटिनले बाइडेनलाई बधाई दिएका थिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077