Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

कोरोनाको चेन ब्रेक गर्न १४ गतेदेखि किराना पसल र डिपार्टमेन्ट स्टोर पनि खोल्न नपाइने

काठमाडौँ। कोरोना भाइरस संक्रमण दर बढ्दै गएपछि काठमाडौं उपत्यकामा किराना पसल र डिपार्टमेन्ट स्टोर पनि बन्द गर्ने निर्णय गरिएको छ ।

आज उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीसहितको बैठकले कोरोना भाइरसको संक्रमण दर नघटेको भन्दै थप एक साता निषेधाज्ञा जारी राख्ने र चेन ब्रेक गर्न १४ गतेदेखि २० गतेसम्म किराना पसल र डिपार्टमेन्ट स्टोर पनि खोल्न नपाइने निर्णय गरेको काठमाडौँका सीडीओ कालीप्रसाद पराजुलीले जानकारी दिए।

पराजुलीका अनुसार किराना र डिपार्टमेन्ट स्टोर बन्द गर्ने निर्णय जेठ १४ गतेबाट लागु हुने छ भने बैठकले निजी र सार्वजनिक निर्माणका कार्य पनि बन्द गर्ने निर्णय गरेको छ ।

'अब साग–सब्जी पसल मात्र खोल्न पाइन्छ,’ सीडीओ पराजुलीले भने,‘कोभिड–१९ को चेन ब्रेक गर्नका लागी यो निर्णय लिएका हौं ।’

कोरोनाको सङ्क्रमण बढ्न थालेपछि गत वैशाख १६ गतेदेखि उपत्यकामा निषेधाज्ञा लागू गरिएको हो । सुरुमा एक हप्ताका लागि लागू भएको निषेधाज्ञा त्यसपछि वैशाख २२ गतेसम्म थपिएको थियो । अहिले जारी भएको निषेधाज्ञा यही जेठ १३ गते रातिदेखि सकिदैछ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077