काठमाडैं । सिंहदरबारस्थित नेपाली कांग्रेस संसदीय दलको कार्यालयमा विपक्षी गठबन्धन (पाँच दल)का शीर्ष नेताबीच भएको छलफलमा सकिएको छ।
कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एमालेका नेता माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलबीच छलफल भएको थियो।
छलफलमा रिट दायरपछिको अवस्थामा कसरी अगाडि बढ्ने भन्नेबारे कुराकानी भएको नेताहरूले बताएका छन् । ‘कतिपय परिमार्जन गर्नुपर्ने, कतिपय ठेगान नमिलेको मिलाएको उनीहरुको भनाइ छ। बैठकमा कानुनविद्हरूको समेत उपस्थित रहेको थियो।
यसअघि हिजो विपक्षी ५ दलका सांसदहरुले प्रतिनिधिसभा विघटनविरूद्ध सर्वोच्चमा रिट दर्ता गराएका थिए।
Leave a Reply