Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

सर्वोच्चमा ओलीविरुद्द अर्को रिट, २४ घण्टाभित्र उपस्थित गराई एक वर्ष कैदको माग

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले अदालतको अवहेलना गरेको भन्दै सर्वोच्च अदालत सर्वोच्च अदालतमा रिट निबेदन पेस भएको छ ।

आज वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले प्रधानमन्त्री ओलीलाई २४ घण्टाभित्र अदालतमा उपस्थित गराई हदैसम्मको कारबाही माग गर्दै सर्वोच्चमा रिट पेस गरेका हुन्।

वरिष्ठ अधिवक्ता त्रिपाठीले ओलीलाई अदालतमा उपस्थित गराई न्याय प्रशासन ऐन, २०७३ को दफा १७ (४०) बमोजिम हदै सम्म सजाय माग गरेका छन् । अदालतको अवहेलनामा प्रधानमन्त्रीविरुद्ध एक वर्ष कैद र १० हजार रुपैयाँसम्म सजायको व्यवस्था छ । यो रिट दर्ता भने भइसकेको छैन ।

त्यस्तै, त्रिपाठीको रिटमा भनिएको छ, 'अदालतले गरेको प्रतिनिधि सभाको पुनर्बहालीलाई जसरी पनि असफल गराउने बदनियत सुरुदेखि नै राखेको देखिन्छ। त्यसैले निजले प्रतिनधि सभालाई कुनै पनि मौका नदिएर हठात संसदको अधिवेशनलाई अन्त्य गर्नुभयो, तत्पश्चात निज बिपक्षी बिश्वासको मतमा पराजित भएपछि झन प्रतिशोध एवं बदनियतपूर्ण तरिकाले २०७८–२–८ गते प्रतिनिधि सभालाई पुनः बिघटित गर्नुभयो । सम्मानित अदालतको यो गम्भीर अवहेलना हो।’

यसअघि प्रधानमन्त्री ओलीविरुद्द संसद विघटन गरेपछि सर्वोच्चमा २४ वटा रिट दर्ता भइसकेका  छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077