Online Nepal
  • आइतबार, २८ पुष २०८१
  • बानेश्वरमा पूर्वसभामुखहरूसँग छलफल गर्दै सापकोटा, ओलीनिकट नेम्वाङ गएनन्

    बानेश्वरमा पूर्वसभामुखहरूसँग छलफल गर्दै सापकोटा, ओलीनिकट नेम्वाङ गएनन्

    अनलाइन नेपाल
  • मंगलबार, ११ जेष्ठ २०७८
  • 2.1K
    SHARES

    काठमाडौँ । प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले संसद विघटनपछिको अवस्थाको बारेमा छलफल गर्न पूर्व सभामुखहरुसँग परामर्श गरेका छन्।

    संसद भवन नयाँ बानेश्वरमा बोलाइएको बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल जारी रहेको सभामुखका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिए ।



    छलफलमा पूर्वसभामुख रामचन्द्र पौडेल, कृष्णबहादुर महरा र ओनसरी घर्ती मगर उपस्थित भएका छन् भने प्रधानमन्त्री केपी शर्मा ओलीनिकट नेकपा एमालेका नेता समेत रहेका पूर्वसांसद सुवासचन्द्र नेम्वाङ भने अनुपस्थित भएका छन्।



    गत शुक्रबार राति राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको सिफारिसमा प्रतिनिधि सभा भंग गरेर मध्यावधि चुनावको मिति घोषणा गरेपछि सभामुख सापकोटाले शीर्ष नेताहरु एवं संविधानविद्हरुसँग परामर्श गरी प्रतिनिधि सभाबाट वैकल्पिक सरकार बन्ने अवस्था हुँदाहुँदै  विघटन गरिएको भन्दै यो कदमको विरोध गरेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार