Online Nepal
  • शनिबार, १० कार्तिक २०८१
  • महोत्तरीमा कोरोनाको भयावह : ५९ जना संक्रमितको मृत्यु, गाउँ सिल

    महोत्तरीमा कोरोनाको भयावह : ५९ जना संक्रमितको मृत्यु, गाउँ सिल

    अनलाइन नेपाल
  • मंगलबार, ११ जेष्ठ २०७८
  • 1.8K
    SHARES

    फाइल तस्बिर

    महोत्तरी। कोरोना महामारीको दोस्रो लहरबाट नराम्रोसँग प्रभावित बनेको महोत्तरी जिल्लामा गए रातिसम्म ५९ जनाको मृत्यु भएको छ । स्वास्थ्य कार्यालय महोत्तरीले सार्वजनिक गरेको तथ्याङ्कअनुसार कोरोनाको दोस्रो लहरमा अहिलेसम्म जिल्लामा ५९ जनाको मृत्यु भएको छ भने अवस्था निकै भयावह बन्दै गएको छ ।

    कार्यालयका कोरोना स्रोत व्यक्ति प्रतिभा सिंहका अनुसार कोरोनाबाट ५९ जनाको मृत्यु भइसकेको छ भने आजसम्म कूल एक हजार ८९७ सङ्क्रमित भएका छन् । पैँतीस जना विभिन्न अस्पतालमा उपचारमा रहेका छन् भने बाँकी आ–आफ्नो घरमा आइसोलेशनमा रहेका छन् । उनका अनुसार २४० ले कोरोना जितेका छन् ।



    यसैबीच जिल्लाको भङ्गहा नगरपालिकाको एउटै वडामा ५० भन्दा बढी सङ्क्रमित फेला परेपछि सो वडालाई आज बिहानदेखि सिल गरिएको छ । प्रमुख जिल्ला अधिकारी तीर्थप्रसाद भट्टराईका अनुसार भङ्गहा–४ स्थित रामनगर बिर्तागाउँमा ५० भन्दा बढी सक्रिय सङ्क्रमित फेला परेपछि आजदेखि सो गाउँलाई पूर्णरूपमा सिल गरिएको हो । सो गाउँमा आजदेखि बाहिरबाट कुनै पनि व्यक्तिको प्रवेश निषेध गरिएको छ । भित्रबाट बाहिर आउजाउसमेत पूर्ण प्रतिबन्ध लगाइएको सीडीओ भट्टराईले बताए । -रासस



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार