Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

केन्द्रको निर्णयपछि एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलको बैठक बोलाइयो

धनगढी । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेले सुदूरपश्चिम प्रदेश संसदीय दलको बैठक बोलाइएको छ ।

मंगलबार आन्तरिक मामिला तथा कानूनमन्त्री समेत रहेका संसदीय दलका नेता प्रकाश बहादुर शाहले संसदीय दलको बैठक बोलाएका हुन् ।

नेकपा एमालेको केन्द्रीय कमिटीको बैठकले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको भोलिपल्ट बस्न लागेको संसदीय दलको बैठकलाई चासोका साथ हेरिएको छ ।

प्रदेशसभामा एमालेको तर्फबाट कुल २५ जना प्रदेशसभा सदस्यमध्ये नेपाल समूहका १८ जना र ओली समूहका ७ जना छन् । तर,बहुमत प्रदेशसभा सदस्यले समर्थन गरेमा मुख्यमन्त्री त्रिलोचन भट्ट नेतृत्वको सरकार कायमै रहनेछ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077