Online Nepal
  • शनिबार, २७ पुष २०८१
  • सभामुख सापकोटा र पूर्वसभामुखहरु परामर्श गर्दै

    सभामुख सापकोटा र पूर्वसभामुखहरु परामर्श गर्दै

    अनलाइन नेपाल
  • मंगलबार, ११ जेष्ठ २०७८
  • 2.8K
    SHARES

    काठमाडौं । प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले संसद विघटनपछिको अवस्थाको बारेमा छलफल गर्न पूर्व सभामुखहरुसँग परामर्श गर्ने भएका छन् ।

    मंगलबार दिउँसो १ बजे संसद भवन नयाँ बानेश्वरमा बोलाइएको बैठकमा पूर्वसभामुखहरुसँग पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्न लागिएको सभामुखका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिए ।



    गत शुक्रबार राति राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको सिफारिसमा प्रतिनिधि सभा भंग गरेर मध्यावधि चुनावको मिति घोषणा गरेपछि सभामुख सापकोटाले शीर्ष नेताहरु एवं संविधानविद्हरुसँग परामर्श गरी यो कदमको विरोध गरेका थिए ।



    संसद विघटनको विरोध गर्दै १४६ सांसदले सोमबार सर्वाेच्च अदालतमा मुद्दा समेत दायर गरिसकेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार