Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

देउवासहित १४६ जना सांसदहरुको रिट पेसीमा चढेन, आज सुनुवाई नहुने

काठमाडौँ। विपक्षी गठबन्धनले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीको माग गर्दै दायर गरेको रिटमा आज सुनुवाई नहुने भएको छ।

विघटित संसदका १४६ जना सदस्यहरुले परमादेशलगायतका विभिन्न आदेश माग्दै दायर गरेको रिट पेसीमा नचढेपछि आज सुनुवाई नहुने भएको हो । त्यस्तै, हिजो रिट दायर भएका संसद विघटन, संविधानको धारा ७६(५) बमोजिम प्रधानमन्त्री नियुक्तिसँग सम्बन्धित २८ वटा रिटको पेसी तोकिएको छैन ।

यसअघि हिजो बहुमत हुँदाहुँदै पनि राष्ट्रपतिले आफूलाई प्रधानमन्त्री नियुक्त नगरेको भन्दै कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा ५ दलका सांसदहरु सर्वोच्च गएका थिए।

रिटमा कात्तिक २६ र मंसीर ३ गतेका लागि घोषित प्रतिनिधिसभा निर्वाचन रोक्न अन्तरिम आदेशसमेत माग गरिएको छ । त्यस्तो रिट संवैधानिक इजलासमै दर्ता भएर सुनुवाइ हुनुपर्ने माग समेत राखिएको छ ।

यसैगरी, आज सर्वोच्च अदालतमा दुईटामात्र इजलास तोकिएका छन् । जसमा दुई इजलासमध्ये दीपक कार्की र सपना प्रधान मल्लको इजलासमा बन्दी प्रत्यक्षीकरण लगायतका ४ वटा मुद्दा छन् भने आनन्द मोहन भट्टराईको इजलासमा एउटा मात्र मुद्दा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077