Online Nepal
  • बिहिबार, ८ कार्तिक २०८१
  • नेपाली टोली फुटबल खेल्न आज इराक जाँदै

    नेपाली टोली फुटबल खेल्न आज इराक जाँदै

    अनलाइन नेपाल
  • मंगलबार, ११ जेष्ठ २०७८
  • 1.7K
    SHARES

    फाइल फोटो

    काठमाडौँ । मैत्रीपूर्ण खेलका लागि नेपाली फुटबल टोली आज इराक जाँदैछ ।

    नेपाली टोली राति १० बजे कतार एअरलाइन्सको चार्टर्ड जहाजमार्फत इराक जान लागेको अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले जनाएको छ । नेपालले आउँदो शनिबार इराकसँग मैत्रीपूर्ण खेल खेल्नेछ । त्यसपछि फिफा विश्वकप छनोट प्रतियोगिता खेल्न उतैबाट कुवेत जाने छ ।



    विश्वकप छनोटका बाँकी खेल अन्तर्गत नेपालले जुन ३ मा चाइनिज ताइपे, जुन ७ मा जोर्डन र जुन ११ मा अष्ट्रेलियासँग खेल्नेछ । मैत्रीपूर्ण खेल, विश्वकप छनोट र एसियन कप छनोटका लागि राष्ट्रिय टोलीका प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले गत साता २३ खेलाडीको घोषणा गरेका थिए ।



    विश्वकप छनोटमा नेपालले अहिलेसम्म पाँच खेलमा एउटामा जित तथा चार खेलमा हार ब्यहोरेको छ । नेपाली टोलीको गोलरक्षकमा किरण चेम्जोङ, विशाल सुनार र दीप कार्की छन् ।

    यस्तै डिफेन्डरमा रोहित चन्द, अनन्त तामाङ, दिनेश राजवंशी, गौतम श्रेष्ठ, सुमन अर्याल र विकास खवास छन् भने मिडफिल्डरमा विशाल राई, मनिष डाँगी, एरिक विष्ट, कमल थापा, सन्तोष तामाङ, सुमन लामा, सुनिल वल, सुरज जिउ ठकुरी, पुजन उपरकोटी र आयुष घलान रहेका छन् ।

    फरवार्डमा अभिषेक रिजाल, अन्जन विष्ट, नवयुग श्रेष्ठ र आशिष लामा रहेका छन् । नेपाली टोली जेठ २९ गते नेपाल फर्किनेछ ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार