Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

विपक्षी गठबन्धन सर्वोच्चमा, देउवालाई अदालतबाटै प्रधानमन्त्री नियुक्तिको माग

काठमाडौँ  । संसद विघटनबिरुद्ध विपक्षी गठबन्धन रिट, निवेदन लिएर सर्वोच्च अदालतमा पुगेका छन् ।

काँग्रेस सभापति शेरबहादुर देउवालाई सर्वोच्च अदालतबाटै प्रधानमन्त्री नियुक्तिका लागि परमादेश जारी हुनुपर्ने माग गर्दै ५ दलका शीर्ष नेता सर्वोच्च गएका हुन् ।

बहुमत हुँदाहुँदै राष्ट्रपतिले आफूलाई प्रधानमन्त्री नियुक्त नगरेको भन्दै कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा ५ दलका सांसद सर्वोच्च गएका हुन्।

यसअघि सिंहदरबारमा सभापति देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड', नेकपा एमालेका नेता माधवकुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाका नेतालगायतले छलफल गरेका थिए।

धारा ७६(५) मा जानका लागि सिफारिस गरिसकेपछि प्रधानमन्त्री ओलीको बैधता समाप्त भएको र राष्ट्रपतिले १४९ सांसदको बहुमत रहेका शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्नैपर्ने संवैधानिक बाध्यता रहेको भन्दै नेताहरू सर्वोच्च जान लागेका हुन्।

गत शुक्रबार १४९ जना सांसदले देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेका थिए। सोही दिन सरकारको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधि सभा विघटन गरेकी थिइन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077