Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

सर्वोच्चमा देउवालाई प्रधानमन्त्रीको माग गर्दै माधव पक्षका ३० जना सांसदद्वारा हस्ताक्षर (सूचीसहित)

काठमाडौँ। विपक्षी गठबन्धन अन्तर्गत नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई संविधानको धारा ७६(५) अनुसार प्रधानमन्त्री नियुक्त गर्न माग गर्दै माधवकुमार नेपाल पक्षका ३० सांसदले हस्ताक्षर गरेका छन् ।

यसअघि आइतबार दिउँसो संघीय संसद भवन नयाँ बानेश्वरमा २१ जनाले मात्र हस्ताक्षर गरेका थिए।

नेपाल पक्षीय सांसद निरादेवि जैरूका अनुसार आज सिंहदरबारमा भएको सांसदहरुको भेलामा थप ९ जना (आज हस्ताक्षर गर्नेमा मेटमणि चौधरी, दिपक प्रकाश भट्ट, नारायण खतिवडालगायत)ले हस्ताक्षर गरेका छन्। यो सँगै कुल हस्ताक्षर गर्नेको संख्या ३० पुगेको छ।

यसअघि हिजो हस्ताक्षर गर्ने सांसदहरुमा विरोध खतिवडा, जीवनराम श्रेष्ठ, घनश्याम भुसाल, सोमप्रसाद पाण्डे, कृष्णलाल महर्जन, झपट रावल, निरादेवि जैरू, सरला यादव, कल्याणी खड्का, लक्ष्मी चौधरी, माधव नेपाल, भीम रावल, कलिला खातुन, रामकुमारी झाँक्री, झलनाथ खनाल, पुष्पा कर्ण कायस्थ, भवानी प्रसाद खापुङ, यज्ञ सुनुवार, पवित्रा निरौला, मुकुन्द न्यौपानेलगायतका सांसदहरु रहेका थिए।

विपक्षी गठबन्धनका नेताहरुले काँग्रेस सभापति देउवालाई सर्वोच्च अदालतबाटै प्रधानमन्त्री नियुक्तिका लागि परमादेश जारी हुनुपर्ने माग गर्दै आज सर्वोच्च अदालतमा बहुमतसहित रिट दर्ता गर्ने बताएका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077