Online Nepal
  • बिहिबार, ८ कार्तिक २०८१
  • पहिलो एकदिवसीय खेलमा बंगलादेश विजयी

    पहिलो एकदिवसीय खेलमा बंगलादेश विजयी

    अनलाइन नेपाल
  • सोमबार, १० जेष्ठ २०७८
  • 1.2K
    SHARES

    एजेन्सी । पहिलो एकदिवसीय क्रिकेटमा घरेलु टिम बंगलादेशले श्रीलंकालाई पराजित गरेको छ ।

    ढाकामा आइतबार भएको खेलमा बंगलादेशले श्रीलंकालाई ३३ रनले हराएको हो । बंगलादेशले दिएको २५८ रनको लक्ष्य पछ्याएको श्रीलंका ४८ ओभर १ बलमा अलआउट हुँदै २२४ रनमा समेटियो ।



    श्रीलंकाका लागि वानिन्दु हसरंगाले ७४ रनको अर्धशतकीय इनिङ्स खेलेपनि टोलीलाई जित दिलाउन सकेनन् । यस्तै कप्तान कुशल परेराले ३० रन जोड्दा कुशल मेन्डिसले २४ रन बनाए । दनुस्का गुनाथिलका र इशुरु उडनाले समान २१र२१ रन बनाए ।



    बंगलादेशका मेहदी हसन मिराजले ४ विकेट लिए । मुस्ताफिजुर रहमानले ३ तथा मोहमद सैफुदीनले २ विकेट लिए । यस अघि टस जितेर पहिले ब्याटिङ गरेको बंगलादेशले ५० ओभरमा ६ विकेट गुमाएर २५७ रन बनाएको थियो ।

    बंगलादेशका लागि मुस्फिकर रहिमले सर्वाधिक ८४ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै महमुदउल्लाहले ५४ रनको अर्धशतकीय इनिङ्स खेल्दा कप्तान तमिम इकबालले ५२ रनको अर्धशतकीय इनिङ्स खेले ।

    अफिफ होसेनले अविजित २७ रन जोड्दा मोहमद सैफुदीन १३ रनमा अविजित रहे । शकिब अल हसन १५ रनमा आउट भए । श्रीलंकाका लगी धनन्जय डी सिल्भाले ३ विकेट लिए । दुश्मन्था चामिरा, दनुश्का गुनाथिलका र लक्षण सन्दुकनले एक एक विकेट लिए ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार