Online Nepal
  • बिहिबार, ८ कार्तिक २०८१
  • ह्यारी केनलाई तेस्रो पटक गोल्डेन बुट

    ह्यारी केनलाई तेस्रो पटक गोल्डेन बुट

    अनलाइन नेपाल
  • सोमबार, १० जेष्ठ २०७८
  • 1.6K
    SHARES

    एजेन्सी । टोटेनहमका स्ट्राइकर ह्यारी केनले तेस्रो पटक प्रिमियर लिगको गोल्डेन बुट अवार्ड जितेका छन् ।

    सन् २०२० र २१ सिजनको अन्तिम खेलमा लेस्टरलाई ४–२ गोलले पराजित गर्ने क्रममा एउटा गोल गरेका केनले सर्वाधिक गोल गर्दै उक्त अवार्ड जितेका हुन् ।



    केनले सिजनभर कूल २३ गोल गर्दै लिभरपुलका मोहम्मद सालाहलाई एक गोलले पछि पारे । सालाहले अन्तिम खेलमा गोल गर्न सकेनन् ।



    केनले सर्वाधिक गोल गर्नुका साथै सर्वाधिक १४ असिस्ट समेत गरे । उनी सन् १९९३ देखि हुन थालेको आधुनिक प्रिमियर लिगको एकै सिजनमा सर्वाधिक गोल असिस्ट गर्ने पहिलो खेलाडी समेत बनेका छन् ।

    केनले यसअघि सन् २०१५ तथा सन् २०१६ मा गोल्डेन बुट अवार्ड जितेका थिए । सर्वाधिक गोल्डेन बुट जित्ने भने थियरी हेनरी हुन् । उनले चार पटक प्रिमियर लिगमा गोल्डेन बुट जितेका छन् ।

     

     

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार