Online Nepal
  • बुधबार, १० पुष २०८१
  • बाँकेमा निषेधाज्ञा थप एक साता लम्बियो

    बाँकेमा निषेधाज्ञा थप एक साता लम्बियो

    अनलाइन नेपाल
  • सोमबार, १० जेष्ठ २०७८
  • 3.2K
    SHARES

    नेपालगञ्ज । बाँकेमा जारी निषेधाज्ञा थप एक साता लम्बिएको छ।

    प्रमुख जिल्ला अधिकारी शिवराम गेलालको अध्यक्षतामा बसेको सुरक्षा समितिको बैठकले निषेधाज्ञालाई सात दिन निरन्तरता दिने निर्णय गरेको हो । प्रजिअ गेलालले जेठ १७ गते राति १२ बजेसम्म निषेधाज्ञा जारी रहने बताए ।



    जोखिमको अवस्था अझै कायम रहेकाले निषेधाज्ञालाई निरन्तरता दिइएको प्रजिअ गेलालले बताए । बाँकेमा पाँचौँपटक निषेधाज्ञा बढाइएको छ । जिल्लामा वैशाख १३ गतेदेखि निषेधाज्ञा कायम छ ।



    नेपालगञ्ज क्षेत्रमा वैशाख ९ गतेदेखि नै निषेधाज्ञा लगाइएको थियो। बाँकेमा पछिल्ला दिनमा मृत्यु र संक्रमणदरमा कमी आएको छ ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार