Online Nepal
  • बिहिबार, ८ कार्तिक २०८१
  • पिएसजीलाई उछिन्दै लिले फ्रेन्च च्याम्पियन

    पिएसजीलाई उछिन्दै लिले फ्रेन्च च्याम्पियन

    अनलाइन नेपाल
  • सोमबार, १० जेष्ठ २०७८
  • 2K
    SHARES

    एजेन्सी । पेरिस सेन्ट जर्मेन (पिएसजी)लाई उछिन्दै लिले फ्रेन्च च्याम्पियन बनेको छ।

    फ्रेन्च लिग वान फुटबल अन्तर्गत आइतबार राति भएको यो सिजनको अन्तिम खेलमा जित निकाल्दै लिलेले उपाधि उचालेको हो ।



    चौथो पटक उपाधि उचालेको लिलेले आइतबार राति भएको खेलमा एङ्गर्सलाई २–१ गोलले परातिज गरेको हो ।



    लिलेका लागि डेविडले खेलको १०औँ तथा यिलमाजले पहिलो हाफको इन्जुरी समयमा पाएको पेनाल्टीमा गोल गरेका हुन् । एङ्गर्सका लागि इन्जुरी समयको दोस्रो अर्थात खेलको ९२ औँ मिनेटमा फुल्गिनीले एक गोल फर्काए ।

    आइतबार राति नै ब्रेस्टमाथि २–० गोलको जित निकाले पनि पिएसजी लिले विजयी भएका कारण उपाधिबाट वञ्चित बन्यो ।

    एक अंकले मात्रै पिएसजीलाई पछि पारेर लिलेले उपाधि जितेको हो । लिलेको ८३ तथा पिएसजीको ८२ अंक रह्यो । पिएसजी पछिल्लो ९ वर्षमा मात्रै दोस्रो पटक उपाधि जित्न नसकेको हो ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार