Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

१४९ भन्दा बढी सांसदसहित विपक्षी गठबन्धन भोलि सर्वोच्च जाने

काठमाडौं । विपक्षी गठबन्धनहरुले विघटित संसदविरुद्द भोलि सर्वोच्च अदालतमा रिट दर्ता गर्ने भएका छन्।

आज सिंहदरबारमा सुरु भएको विपक्षी गठबन्धनले विघटित संसदका १४९ जना भन्दा बढी सदस्यहरुको हस्ताक्षर संकलन गर्दै विघटित संसदविरुद्द भोलि सर्वोच्चमा रिट दर्ता गर्ने भएका हुन्। सांसदहरुले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको प्रधानमन्त्री दाबीमा हस्ताक्षर गरेका छन् ।

यसअघि आजै सर्वोच्चमा रिट दर्ता गर्ने तयारी भएपनि समय अपुग भएकाले सोमबार विहान १० बजेपछि मात्र दर्ता गरिने नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले बताए। पुनका अनुसार रिटमा धारा ७६ (५) अनुसार प्रधानमन्त्री नियुक्तिका लागि कांग्रेसका सभापति देउवाले १४९ सांसदको हस्ताक्षरसहित गरेको दावी वैधानिक रहेको दावी गरिएको छ ।

विपक्षी गठबन्धनका सांसदहरु राष्ट्रपति र प्रधानमन्त्रीको संसद विघटनको कदमविरुद्ध सर्वोच्च जान लागेका हुन् ।

यसअघि हिजो नेपाली काँग्रेसको संसदीय दलको कार्यालय सिंहदरबारमा नेपाली काँग्रेस, माओवादी केन्द्र, एमालेको माधव नेपाल पक्ष, जसपाको उपेन्द्र यादव पक्ष र राष्ट्रिय जनमोर्चाबीच भएको छलफलमा हस्ताक्षर र नागरिकतासहित अदालत जाने निर्णय भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077