Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

सिंहदरवारमा हस्ताक्षर संकलन सम्पन्न, सांसदहरु नागरिकतासहित सर्वोच्च जाँदै

काठमाडौं । सर्वोच्च अदालतमा रिट दायर गर्ने तयारीमा रहेको विपक्षी गठबन्धनले विघटित संसदका सदस्यहरुको हस्ताक्षर संकलन सम्पन्न गरेको छ।

सिंहदरबारमा सुरु भएको हस्ताक्षरमा निवर्तमान सांसदहरुको उपस्थिति रहेको थियो। जसले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको प्रधानमन्त्री दाबीमा हस्ताक्षर गरेका हुन्।

विपक्षी गठबन्धनका अनुसार सबैको हस्ताक्षर संकलन सकिएको छ अब केहीबेरमा संसद विघटनविरुद्ध सर्वोच्च अदालतमा १ बजे उपस्थित भएर रिट हाल्ने तयारी रहेको छ।

विपक्षी गठबन्धनका सांसदहरु राष्ट्रपति र प्रधानमन्त्रीको संसद विघटनको कदमविरुद्ध सर्वोच्च जान लागेका हुन् । यसअघि हिजो नेपाली काँग्रेसको संसदीय दलको कार्यालय सिंहदरबारमा नेपाली काँग्रेस, माओवादी केन्द्र, एमालेको माधव नेपाल पक्ष, जसपाको उपेन्द्र यादव पक्ष र राष्ट्रिय जनमोर्चाबीच भएको छलफलमा हस्ताक्षर र नागरिकतासहित अदालत जाने निर्णय भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077