Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

प्रदेश २ को छुट्टाछु्ट्टै ठाउँमा एक बालिकासहित तीन जनाको मृत्यु

रामनारायण यादव/ जनकपुरधाम । प्रदेश २ को छुट्टछु्ट्टै ठाउँमा मोटरसाईकल दुर्घटना हुदाँ दुई जनाको मृत्यु भएको छ ।

सिरहाको विष्णुपुर गाउँपालिका वडा नम्वर १ स्थित चोहर्वा–सिरहा सडकखण्डमा शनिबार मोटरसाइकल दुर्घटनामा परी प्रधानाध्यापक राजेन्द्र प्रसाद यादवको मृत्यु भएको हो ।

स ९ प ७२०३ नम्बरको मोटरसाइकलले विपरीत दिशाबाट आउँदै गरेको यादवको स १ प ७९८१ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा गम्भीर घाईत भएका थिए । उनको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृतक यादव विष्णपुर गाउँपालिका वडा नम्वर ५ स्थित लक्ष्मीपुर माविका प्रधानाध्यापक हुन् । दुर्घटनामा दुईजना भने घाइते छन् । घाइतेहरू स ९ प ७२०३ नम्बरको मोटरसाइकलमा सवार कल्याणपुर १ बस्ने २० वर्षीय रमेश माझी र २२ वर्षीय सिकिन्दर वाँतर रहेको प्रहरीले जनाएको छ ।

उनीहरूको अवस्था गम्भीर रहेको र थप उपचारका लागि विराटनगर पठाइएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता शालिग्राम शर्माले जानकारी दिए ।

यसैगरी महोत्तरीको गौशाला नगरापलिका वडा नम्वर ९ स्थित बाबा ईटा उघोग नजिक मोटरसाईकल दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा जिल्लाको सोनमा गाउँपालिका वडा नम्वर ४ गुलेरिया ९ खेसराहाका ४१ वर्षीय कपुरी ठाकुर रहको प्रहरी जनाएको छ ।

ईम्ली बजारबाट गुरेरिया तर्फ जादै गरेको बा.३६.प ४१४५ नम्बर को मोटरसाईकल अनियन्त्रीत भई भरतपुर बाबा ईटा उघोग नजिक दुर्घटना भएको थियो ।

दुर्घटनामा गम्भिर घाइते भएका ठाकुरलाई उपचारका लागि गौशाला स्थित शिटिकेयर हेस्पिटरमा उपचारको क्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक विष्णु प्रदीप वस्यालले जानकारी दिए ।

यस्तै धनुषाको सबैला नगरपालिकास्थित सार्वजनिक पोखरीमा शनिबार डुबेर एक बालिकाको मृत्यु भएको छ । बिदेह नगरपालिका वडा नम्वर ७ बस्ने जमुना रायकी १० वर्षीय छोरी निक्की कुमारी रायको डुबेर मृत्यु भएको हो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077