Online Nepal
  • बिहिबार, ८ कार्तिक २०८१
  • स्पेनिस ला लिगाको उपाधि एट्लेटिको मड्रिडलाई

    स्पेनिस ला लिगाको उपाधि एट्लेटिको मड्रिडलाई

    अनलाइन नेपाल
  • आइतबार, ९ जेष्ठ २०७८
  • 2.8K
    SHARES

    एजेन्सी । स्पेनिस ला लिगा फुटबलको उपाधि एट्लेटिको मड्रिडले जितेको छ ।

    शनिबार राति भएको अन्तिम खेलमा भालाडोलिडलाई २–१ गोलले हराउँदै एट्लेटिकोले उपाधि जितेको हो ।



    उसका लागि एञ्जेल कोरेया र लुइस सुआरेजले गोल गरे । भालाडोलिडले १८ औं मिनेटमा गोल गर्दै अग्रता बनाए पनि त्यसलाई उल्ट्याउँदै एट्लेटिकोले सन् २०१४ पछि पहिलोपटक ला लिगाको उपाधि जित्न सफल भयो ।



    शनिबार राति एट्लेटिको मड्रिड बराबरीमा रोकिएको या हारेको भए उपाधि रियल मड्रिडको नाममा हुने थियो । रियलले हिजो नै भिलारियललाई २–१ गोलले हराएको थियो ।

    यस्तै स्टार खेलाडी लियोनल मेस्सीविनाको खेलमा बार्सिलोनाले एइबरलाई १–० गोलले हराएको छ ।

    ला लिगाको उपाधि जितेको एट्लेटिकोले ८६ अङ्कसहित सिजनको अन्त्य गरेको छ । यस्तै ८४ अङ्कसहित रियल मड्रिड दोस्रो र ७९ अङ्कसहित बार्सिलोना तेस्रो स्थानमा रहेर यो सिजनको यात्रा टुङ्ग्याएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार