Online Nepal
  • बिहिबार, ११ पुष २०८१
  • चीनद्वारा इयुमाथि लगाइएको प्रतिबन्ध हटाउन अस्वीकार, हङकङ र मकाउमा पनि जान पाउँदैनन् इयुका सांसद

    चीनद्वारा इयुमाथि लगाइएको प्रतिबन्ध हटाउन अस्वीकार, हङकङ र मकाउमा पनि जान पाउँदैनन् इयुका सांसद

    अनलाइन नेपाल
  • शनिबार, ८ जेष्ठ २०७८
  • 4.1K
    SHARES

    एजेन्सी। युरोपियन युनियनका सांसदमाथि लगाइएको प्रतिबन्ध हटाउन चीनले अस्वीकार गरेको छ । युरोपेली संसदको प्रस्तावलाई चीनले अस्वीकार गरेको छ जस अन्तर्गत दुई पक्षबीच लगानी सम्झौता अगाडि बढाउन ईयू सांसदमाथि लगाइएको प्रतिबन्ध हटाउन भनिएको थियो।

    युरोपेली संसदको यो मागको बारेमा सोध्दा चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता चाओ लिजियानले  ईयु सांसदमाथि चीनको प्रतिबन्ध ‘एकदमै न्यायोचित’ रहेको वताए ।



    उनले भने कि युरोपेली पक्षले ‘चीनको आन्तरिक मामिलामा तुरुन्त हस्तक्षेप रोक्नु पर्छ र आक्रमक बानी छोड्नु पर्छ’।



    चाओ लिजियनले यी कुरा शुक्रबार विदेश मन्त्रालयको दैनिक ब्रिफिङमा मिडियालाई भने।

    उनले भने, ‘चीनको गम्भीर र कडा विरोधको बावजुद ईयूले तथ्यलाई बिगारेर  एकतर्फी गल्तीको फैसला लिएको छ’।

    चिनियाँ प्रवक्ताका अनुसार ‘युरोपियन युनियनले गरेको काम भनेको चीनको आन्तरिक मामिलामा प्रत्यक्ष हस्तक्षेप हो। यो  अन्तर्राष्ट्रिय कानून र अन्तर्राष्ट्रिय सम्बन्धको आधारभूत नियमको बिरूद्ध हो।

    यसले इयु र चीनबीचको सम्बन्धलाई गम्भीर क्षति पुर्‍याएको छ।
    चाओले भने, ‘चीनले युरोपेली संघका सांसदहरू र संस्थाहरूलाई प्रतिबन्धित गर्नुको कारण तिनीहरू सिन्जुआङ प्रान्तको बारेमा नराम्रो र गलत समाचार फैलाउँदै थिए। यसले चीनको सार्वभौमिकता र राष्ट्रिय हितमा गम्भीर क्षति पुर्‍यायो। चीनले आफ्नो हितको रक्षा गर्न यी प्रतिबन्धहरू लगाएको छ।’

    चिनियाँ प्रवक्ताका अनुसार युरोपेली संघको आक्रामक मनोवृत्तिको प्रतिक्रियामा चीनको यो कदम ‘आवश्यक’ र ‘उपयुक्त’ थियो।

    उनले थप भने, ‘युरोपेली संघले हामीमा बेतुका प्रतिबन्धहरू लगाएको थियो र यसका कारण चीन-युरोपेली संघको सम्बन्ध बिग्रँदै गइरहेको थियो। चीन यस्तो हुन दिन चाहन्न तर यो चीनको उत्तरदायित्व होइन। ‘

    यसभन्दा अघि बिहीबार युरोपेली संसदले चीनलाई  ईयूका सांसदहरूमा चिनियाँ प्रतिबन्ध यथावत रह्यो भने बहुप्रतीक्षित लगानी सम्झौता अनुमोदन नहुने चेतावनी दिएका थिए ।

    यस वर्षको १० मार्चमा  युरोपेली जनता र चार संस्थाहरूलाई चीनमा प्रतिबन्ध लगाइएको थियो।

    प्रतिबन्ध लगाइएका व्यक्तिहरुमा युरोपेली संसदका मानिसहरु, अनुसन्धानकर्ताहरु र युरोपियन संसदको मानव अधिकार सम्बन्धी उपसमितिका मानिसहरु सम्मिलित छन्। तिनीहरू हङकङ र मकाउमा समेत जान पाउँदैनन । स्रोत: बिबिसी हिन्दी

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार