Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • संविधानमाथि शीतल निवासको कुठाराघात : माधव नेपाल

    संविधानमाथि शीतल निवासको कुठाराघात : माधव नेपाल

    अनलाइन नेपाल
  • शनिबार, ८ जेष्ठ २०७८
  • 3.4K
    SHARES

    फाइल फोटो

    काठमाडौँ । नेकपा एमालेका नेता माधवकुमार नेपालले शीतल निवासले संविधानमाथि कुठाराघात गरेको आरोप लगाएका छन् ।

    षड्यन्त्रकारीहरूको उक्साहट र चाहनामा फेरि संसद्को चीरहरण भएको उनले टिप्‍पणी गरेका छन् ।



    प्रतिनिध सभा विघटपछि सामाजिक सञ्‍जालमार्फत प्रतिक्रया दिँदै नेता नेपालले प्रतिगमन दोहोरिएको बताएका छन् ।



    षड्यन्त्रकारीहरूको उक्साहट र चाहनामा फेरि पनि संसद्को चीरहरण भएको छ, उनले भनेका छन्, ‘प्रतिगमन दोहोरिएको छ । संविधानका मर्ममाथि प्रहार गर्दै सर्वसत्तावाद लाद्ने उद्देश्यले भएको कथित चुनावको उदघोष जालझेल हो । यो व्यवस्था नै कू गर्ने अग्रसरता हो । शीतल निवासले संविधानको मर्मलाई कुठाराघात गरेको छ ।

    मन्त्रीपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद भंग गरि आउँदो कात्तिक २६ र मंसिर ३ गतेका लागि मध्यावधी चुनावको घोषणा गरिएको थियो ।

    जसको बारेमा चौतर्फी बिरोध भइरहेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार