काठमाडौँ । प्रतिनिधि सभा विघटनका विषयमा छलफल गर्न नेपाली कांग्रेसले पदाधिकारी बैठक बोलाएको छ । बिहान साढे ९ बजे कांग्रेस सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा पदाधिकारी बैठक बस्ने भएको छ ।
मध्यरातमा बसेको मन्त्रिपरिषद बैठकले गरेको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गरेर मध्यावधि चुनाव घोषणा गरेपछि कांग्रेसले तत्कालै पदाधिकारी बैठक बोलाएको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले दोस्रोपटक प्रतिनिधि सभा विघटन गरेपछि कांग्रेसले छलफलमा पूर्व पदाधिकारीलाई पनि बोलाएको छ ।
शुक्रबार मात्रै कांग्रेस सभापति देउवाले माओवादी, जसपा र एमाले माधव नेपाल पक्षका सांसदको समर्थनमा प्रधानमन्त्रीमा दाबी गरेका थिए ।
१४९ सांसदको हस्ताक्षरसहित प्रधानमन्त्रीमा देउवाको दाबीलाई राष्ट्रपति भण्डारीले लत्याउँदै संसद विघटन गरेर मध्यावधि चुनाव घोषणा गरेपछि कांग्रेस नेताहरु थप आक्रोशित भएका छन् ।
Leave a Reply