Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

बाबुरामले भने - ७६ (२) र (३)मा पराजित प्रधानमन्त्रीले (५)मा दावी गर्न मिल्दैन, झेल नगर

काठमाडौँ। जनता समाजवादी पार्टी (जसपा) संघीय परिषदका अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्रीमा केपी शर्मा ओलीले दावी गर्न नमिल्ने बताएका छन्।

राष्ट्रपति भवन शीतल निवासमा प्रधानमन्त्रीमा विपक्षी गठबन्धनका तर्फबाट कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीमा दाबी गरेकै बेला एमाले संसदीय दलका नेता ओलीले पनि प्रधानमन्त्रीमा दावी गरेका छन् । देउवाले १४९ जना सांसदहरुको हस्ताक्षरसहित दावी गरेका बेला ओलीले पनि १५३ जना आफूसँग रहेको भन्दै दाबी गरेका हुन्।

यसैबीच, उनै ओलीको दावीलाई लिएर पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले सामाजिक संजालमार्फ्त झेल नगर्न आग्रह गरेका छन्।

उनले लेखेका छन, 'धारा७६(५)को गुदी“कुनै सदस्य”हो भने धारा७६(२)को गुदी“दुइ वा दुइ भन्दा बढी दल”हो। अर्थात् धारा७६(५)मा कुनै सदस्यले दावी गर्ने हो र सदस्यले नै समर्थन गर्ने हो!अत:यहाॅ दलको पत्र हैन सदस्यको हस्ताक्षर प्रमाण हो।अर्को कुरा,उपधारा(२) र (३)मा पराजित प्रमले(५)मा दावी गर्नैमिल्दैन ! झेल नगर !'

https://twitter.com/brb1954/status/1395718393781649409

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077