Online Nepal
  • शुक्रबार, ७ मंसिर २०८१
  • विपक्षी गठबन्धनका नेता भन्छन् – राष्ट्रपतिको ‘नियत’ सही देख्दैनौं, शंका छ

    विपक्षी गठबन्धनका नेता भन्छन् – राष्ट्रपतिको ‘नियत’ सही देख्दैनौं, शंका छ

    अनलाइन नेपाल
  • शुक्रबार, ७ जेष्ठ २०७८
  • 2.5K
    SHARES

    फाइल फोटो

    काठमाडौं । विपक्षी गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन १४९ जना सांसदको हस्ताक्षरसहित शितल निवास पुगेका नेताहरुले राष्ट्रपतिको ‘नियत ठिक नभएको’ शंका गरेका छन्।

    यसअघि राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीले पनि दावी पेश गर्नु भएको छ, कानुनविद संग सल्लाह गरेर निर्णय गर्छु भनेको भन्दै राष्ट्रपतिकोउक्त भनाइमा शंका रहेको विपक्षी गठबन्धनका एक नेताले बताए । ती नेताले भने, ‘हामीले राष्ट्रपतिको नियत ठिक देखेनौँ, शंका छ, उनले थपे, ‘संविधान बमोजिम प्रधानमन्त्री बनाउने भए हाम्रो दाबी सही छ, तर हामीलाई उहाँमाथि शंका छ ।



    बिहीबार बेलुका मन्त्रीपरिषदको बैठकले प्रधानमन्त्री ओलीले विश्वासको मत नलिने र बैकल्पिक सरकारका लागि बाटो खुला गर्ने निर्णय गरेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ उपधारा ५ बमोजिम बैकल्पिक सरकार गठनका लागि आह्वान गरेकी थिइन ।



    जसमा सभापति देउवाको नेतृत्वमा विपक्षी गठबन्धनले १४९ जना सांसदको हस्ताक्षर संकलन गरेको दावी गरेका छन् भने प्रधानमन्त्री ओलीले एमाले र जसपाका गरी १५३ सांसदको समर्थन आफूलाई रहेको दावी राष्ट्रपतिसमक्ष पेश गरेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार