Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

माधव पक्षका सांसदहरु भन्छन् - देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेका छैनौं

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेका माधव पक्षका नेताहरुले शेरवहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर नगरेको दावी गरेका छन्।

१४९ जना सांसदहरुको हस्ताक्षरसहित देउवा शितलनिवास पुगेका बेलालाई माधव पक्षका नेता सुरेन्द्र पाण्डेले आफुहरुले समर्थन नगरेको र हस्ताक्षर दुरुपयोग भएको बताएका छन् ।

नेता पाण्डेले आफूले देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर नगरेको र पुरानै दस्तखत प्रयोग गरिएको हुन सक्ने बताउदै आफुलाई यसमानेमा थाहा नभएको बताएका छन्।

यस्तै, एमाले माधव पक्षका अर्का प्रतिनिधिसभा सदस्य जयकुमार राईले पनि आफूले देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर नगरेको बताउदै आफूले सदन विघटन अगाडि पुसमा सदन बोलाउने नाममा मात्रै हस्ताक्षर गरेको बताए।

अहिले राष्ट्रपति भवन शितल निवासमा प्रधानमन्त्रीको रेसमा केपी शर्मा ओली र देउवा रहेका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077