काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको पदाधिकारी बैठक सुरु भएको छ ।
पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा जारी बैठकमा कांग्रेसका पूर्वपदाधिकारीहरु पनि सहभागी छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (५) अनुसार सरकार गठन गर्न आह्वान गरेपछि त्यसबारे निर्णय लिन कांग्रेसले बैठक बोलाएको हो ।
कांग्रेस नेताहरुले राष्ट्रपति र प्रधानमन्त्रीको पछिल्लो कदमको आलोचना गर्दै आएका छन् । प्रधानमन्त्रीले विश्वासको मत नलिई तथा राजीनामा नदिई संविधानको धारा ७६ (५) अनुसार नयाँ सरकारको आह्वान राष्ट्रपतिबाट भएपछि कांग्रेसले विरोध गरेको छ।
नयाँ सरकार गठनका लागि आज साँझ ५ बजेसम्म राष्ट्रपतिले समय दिएकी छिन्।
Leave a Reply