Online Nepal
  • शुक्रबार, १२ पुष २०८१
  • राष्ट्रपतिले गरेको नयाँ सरकार गठनको आह्वानप्रति कांग्रेसको आपत्ति

    राष्ट्रपतिले गरेको नयाँ सरकार गठनको आह्वानप्रति कांग्रेसको आपत्ति

    अनलाइन नेपाल
  • बिहिबार, ६ जेष्ठ २०७८
  • 2.4K
    SHARES

    काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार (जेठ ७ गते) बेलुकी ५ बजेसम्म  नयाँ सरकार गठनको दाबी प्रस्तुत गर्न आह्वान गरेकी छिन् ।

    राष्ट्रपति  भण्डारीले संविधानको धारा ७६ उपधारा ५ बमोजिम बैकल्पिक सरकार गठनका लागि आह्वान गरेकी हुन् ।



    आज बसेको मन्त्रीपरिषदको बैठकले प्रधानमन्त्रीले विश्वासको मत नलिने र बैकल्पिक सरकारका लागि बाटो खुला गर्ने निर्णय गरेको थियो।  त्यसपछि राष्ट्रपति  भण्डारीले राष्ट्रपति  भण्डारीले नयाँ सरकार गठनका लागि केही घण्टाको समय तोकेकी हुन। जुन कुरालाई प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले असंवैधानिक भनेको छ।



    राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ प्रधानमन्त्री चयन प्रक्रिया सुरु गर्नु आपत्तिजनक र असंवैधानिक भएको कांग्रेसको दाबी  ।

    नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँडले संविधानको धारा ७६ को ३ अनुसार नियुक्त प्रधानमन्त्रीले विश्वासको मत पनि नलिएको र राजीनामा समेत नदिएको अवस्थामा नयाँ सरकार गठनका लागि समय असंवैधानिक भएको बताए ।

    राष्ट्रपतिले दिएको समयसीमा पनि गलत भएको कानुनबिदहरुको भनाइ छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार