राम नारायण यादव / जनकपुरधाम। प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले जानकी नमवमीको अवसरमा आज शुभकामना सन्देश जारी गर्दै माता जानकीसँग कोरोना महामारीको अन्तयको कामना गर्न आह्वान गरेका छन् ।
उनले जानकी नवमीको अवसरमा सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुमा सुस्वास्थ्य, दिघायू एवं उत्तरोत्तर प्रगतिको शुभकामना दिएका छन् ।
उनले कोरोनाले विश्वमा नै त्राहिमाम मचाएकोले आ–आफ्नो घरमै माता जानकीको पूजापाठ गर्न अपिल समते गरेका छन् ।
जनकपुरस्थित जानकी मन्दिरले हरेक वर्ष भव्यताका साथ जानकी नवमी मनाउदै आएको थियो ।
तर, कोरोना महामारीका कारण निषेधाज्ञा जारी भएकाले कार्यक्रम प्रभावित बनेको छ । गत वर्ष पनि जानकी नवमी प्रभावित भएको थियो ।
Leave a Reply