Online Nepal
  • बिहिबार, ८ कार्तिक २०८१
  • युभेन्टसलाई कोपा इटालियाको उपाधि

    युभेन्टसलाई कोपा इटालियाको उपाधि

    अनलाइन नेपाल
  • बिहिबार, ६ जेष्ठ २०७८
  • 2K
    SHARES

    एजेन्सी । युभेन्टसले इटालियन कोपा इटालियाको उपाधि जितेको छ ।

    बुधबार राति भएको फाइनल खेलमा एट्लान्टामाथि २–१ गोलको जित दर्ता गर्दै युभेन्टसले उपाधि उचालेको हो । खेलमा अग्रता युभेन्ट्सले ३१ औं मिनेटमा देजान कुलुसेवस्कीको गोलमा लिएको थियो ।



    रुस्लान मालिनोवस्कीले ४१ औं मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याए । खेलको ७३ औं मिनेटमा फेडेरिको चिएसाले गोल गर्दै युभेन्ट्सलाई उपाधि दिलाएका हुन् ।



    खेल सकिन दुई मिनेट अघि टालोई रातो कार्ड खादै मैदान बाहिरिएपछि एटलान्टा १० खेलाडीमा सिमित बनेको थियो । युभेन्ट्सले कोपा ईटालियाको उपाधि १४ औं पटक उचालेको हो । उसले सन् १९६३ पछि पहिलो पटक यो उपाधि हात पारेको हो।

    प्रशिक्षक आन्द्रे पिर्लोको नेतृत्वमा युभेन्ट्सले पहिलो उपाधि हात पारेको हो । प्रतियोगिता करिब साढे ४ हजार दर्शक समक्ष खेलाईएको थियो । ईटालीमा पहिलो पटक दर्शक सहित ठुलो फुटबल प्रतियोगिता खेलाईएको हो ।

    सिरि एको तालिकामा पाँचौ स्थानमा रहेको युभेन्ट्सलाई पछिल्लो उपाधिले राहत दिएको छ ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार