एजेन्सी। छिमेकी मुलुक भारतको उत्तर प्रदेशमा कोरोना भाइरस संक्रमणबाट एक जना मन्त्रीको मृत्यु भएको छ ।
मृत्यु हुनेमा उत्तर प्रदेश सरकारका बाढी नियन्त्रण तथा राजस्व राज्यमन्त्री विजय कश्यप रहेका छन्।
५६ बर्षीय मन्त्री कश्यपको गुडगाउँमा रहेको मेदान्ता अस्पतालमा उपचारका क्रममा मंगलबार मृत्यु भएको बीबीसीले जनाएको छ ।
उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले राज्यमन्त्री कश्यपको हिजो निधन भएको जानकारी दिँदै मृत्युप्रति दुःख व्यक्त गरेका छन्।
Leave a Reply