Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

गगन थापाको नेतृत्वले शुरु गर्यो निशुल्क अस्पताल यातायात सेवा, यी नम्बरहरूमा सम्पर्क गर्नुहाेस्

काठमाडौं । नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री गगनकुमार थापाले निशुल्क अस्पताल यातायात सेवा सुरू गरेका छन् ।

काठमाडौं क्षेत्र नम्बर ४ का बासिन्दालाई लक्षित गरेर संचालन गरीएको निशुल्क अस्पताल यातायात सेवाले घरमै आइसोलेसनमा रहेका कोरोना संक्रमितहरूलाई अस्पताल आउजाउ गर्नुपरेको अवस्थामा सहयोग गर्ने उनको भनाइ छ।

कोरोना संक्रमितका लागि एम्बुलेन्स र यातायात सेवा पाउन गाह्रो भएको बताउँदै उनले केही सहयोगीहरूको सहयोगमा सवारी साधनको व्यवस्थापन गरेर सेवा सुरू गरेको जानकारी दिएका छन् ।

काठमाडौं महानगरतर्फ ९८५१०९६३०३  र बुढानिलकण्ठ नगरपालिकातर्फ ९८५१०६५२५६/ ९८५१०७२१२९ मोबाइल नम्बरमा सम्पर्क गर्न थापाले अनुरोध गरेका छन्।

साथै हटलाइन नम्बर ९८६०३४०५८७ मा एसएमएस पनि गर्न सकिनेछ।

https://twitter.com/thapagk/status/1394840787926454276

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077