Online Nepal
  • बिहिबार, ८ कार्तिक २०८१
  • इङ्लिस प्रिमियर लिग : चेल्सी तेस्रो स्थानमा

    इङ्लिस प्रिमियर लिग : चेल्सी तेस्रो स्थानमा

    अनलाइन नेपाल
  • बुधबार, ५ जेष्ठ २०७८
  • 1.7K
    SHARES

    एजेन्सी । इङ्लिस प्रिमियर लिग फुटबलमा चेल्सी तेस्रो स्थानमा उक्लिएको छ ।

    मंगलबार राति भएको खेलमा लेस्टर सिटीलाई २–१ गोलले हराएर चेल्सी लेस्टरलाई पछि पार्दै तेस्रो स्थानमा उक्लिएको हो । जितसँगै चेल्सीले आउँदो सिजनको च्याम्पियन्स लिग फुटबल खेल्ने सम्भावना बलियो बनाएको छ ।



    मंगलबार राति नै भएको अर्को खेलमा दोस्रो स्थानको म्यानचेष्टर युनाइटेड भने रेलिगेशनमा परेको फुलह्यामसँग बराबरीमा रोकिएको छ । उसका लागि १५ औं मिनेटमा इडिन्सन काभानीले गोल गरे । तर ७६ औं मिनेटमा फुलह्यामका जोय ब्र्याएनले गोल गर्दै खेल बराबरीमा ल्याए ।



    हिजाको बराबरीसँग युनाइटेडले शीर्ष स्थानको सिटीसँगको अंक दूरी घटाउने मौका गुमाएको छ । युनाइटेडको ७१ अंक रहेको छ ।

    यस्तै गएराति नै शीर्ष स्थानको म्यानचेष्टर सिटी ब्राइटनसँग ३–२ पराजित भएको छ । ४८ मिनेटसम्म दुई गोल गरेको सिटीले त्यसलाई जोगाउन नसक्दा पराजित भयो ।

    इङ्लिस प्रिमियर लिगको उपाधि यसअघि नै सिटीले जितिसकेको छ । ब्राइटन पन्ध्रौँ स्थानमा छ ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार