Online Nepal
  • मंगलबार, ११ मंसिर २०८१
  • गजेन्द्र नारायण सिंह अस्पतालमा अक्सिजनको अभाव, डा.झाले गरे सहयोगको अपिल

    गजेन्द्र नारायण सिंह अस्पतालमा अक्सिजनको अभाव, डा.झाले गरे सहयोगको अपिल

    अनलाइन नेपाल
  • मंगलबार, ४ जेष्ठ २०७८
  • 3.7K
    SHARES

    रामनारायण यादव/ सप्तरी । गजेन्द्र नारायण सिंह अस्पताल राजविराजमा अक्सिजनको अभाव भएको छ । यस अघि सुनसरीको दुहबीस्थित डिपोमा खाली सिलिन्डर भर्न जाँदा तीन दिनपछि मात्र दिन सक्ने भने पछि अस्पतालमा अक्सिजको अभाव भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. रञ्जितकुमार झाले जानकारी दिए ।

    अस्पतालका निमित्त मेडिकल झाले भने अस्पतालमा अक्सिजन अभाव भएको भन्दै सबै सरोकार बाला निकायहरुलाई आ–आफ्नो ठाउँबाट सहयोग गर्न आग्रह गरेका छन् ।



    उद्योगमा खाली सिलिण्डरको लामले दुई दिनमा पनि अक्सिजन पाइन सक्ने अवस्था नदेखिएपछि चिन्तीत भएका डा. झाले सहयोगका लागि प्रमुख जिल्ला अधिकारी, जनप्रतिनिधि र राजनीतिक दलका नेताहरुलाई सार्वजनिकरूपमा अपिल समेत गरेका छन् ।



    अस्पतालमा हाल ६ वटा अक्सिजन कन्सन्ट्रेटरसहित १४० वटा सिलिण्डर छन् । तीमध्ये ७० वटा सिलिण्डर खाली रहेको अस्पतालका मेसु डा. झाले बताए । बाँकी रहेका सिलिण्डरबाट अन्य संक्रमितलाई अक्सिजन उपलब्ध गराइरहेको जानकारी दिँदै झाले आजसम्म अक्सिजन ल्याउन नसकिए धेरै सङक्रमितको जीवन जोखिममा पर्ने उनको भनाई छ ।

    अस्पतालको एचडीयू व्यवस्थासहितको आइसोलेशनमा २५, आकस्मिक कक्षमा २०, छिन्नमस्ता अस्पताल र साईकृष्णा मेडिकल कलेज एण्ड हस्पिटलको कोभिड अस्पताल तथा कञ्चनरुपको आइसोलेशन केन्द्रमा १६/ १६ जना कोरोना संक्रमित चिकित्सकहरूको प्रत्यक्ष निगरानीमा उपचार भई रहेको डा. झाले जानकारी दिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार