Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

थप ८,२०३ जना संक्रमित थपिँदा ६,८९१ डिस्चार्ज

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ८ हजार २०३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २०,२८६ पीसीआर र ६९३ जनामा एन्टिजेन परीक्षण गरिएकोमा ८ हजार २०३  जनामा संक्रमण पुष्टि भएको हो। सँगै हालसम्म देशभर कोरोना भाइरस संक्रमित हुनेहरुको संख्या लाख  हजार पुगेको छ।

यस्तै, कोरोना भाइरस संक्रमणका कारण पछिल्लो २४ घण्टामा देशभर १९६ जनाको मृत्यु भएको छ ।यो संगै हालसम्म मृत्यु हुनेहरुको संख्या ५ हजार ४११ पुगेको छ।

यसैगरी, गत  २४ घण्टामा ६  हजार ८९१ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ।

सोमबार देशभर २१४ जनाको मृत्यु हुँदा ९ हजार २४७ जनामा संक्रमण पुष्टि भएको थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077