Online Nepal
  • बुधबार, १० पुष २०८१
  • कोरोनाबाट जुम्ल्याहा दाजुभाईको मृत्यु, केही मिनेटको अन्तरमा जन्मिए, केही घन्टाको फरकमा गए !

    कोरोनाबाट जुम्ल्याहा दाजुभाईको मृत्यु, केही मिनेटको अन्तरमा जन्मिए, केही घन्टाको फरकमा गए !

    अनलाइन नेपाल
  • मंगलबार, ४ जेष्ठ २०७८
  • 1.8K
    SHARES

    एजेन्सी । छिमेकी देश भारतमा अहिले कोरोनाभाइरसको दोस्रो लहर फैलिरहेको छ । लाखौं मानिस संक्रमित भएका छन् भने दैनिक करिव चार हजार मानिसले ज्यान गुमाइरहेका छन्।

    यही महामारीमा परी जुम्ल्याह दाजुभाईको पनि ज्यान गएको छ । भारतको मिरूतस्थित सेन्ट थोमस स्कुलका शिक्षक ग्रेगोरी रेमन्ड राफेलका दुई जना जुम्ल्याह छोराहरुको कोरोना संक्रमणका कारण ज्यान गएको हो ।



    गत अप्रिल २४ मा ज्वरो आएका उनीहरूलाई निको नभएपछि मे १ मा अस्पतालमा भर्ना गरिएको थियो । तर, दुबै जनाको शरीरमा अक्सिजनको मात्रा निकै घटेको थियो। अचानक मे १३ मा राफेललाई अस्पतालले फोन गरेर उनका एक जना छोराको कोरोनाले मृत्यु भएको जानकारी दियो । राफेलका अनुसार त्यसको केही घण्टापछि पुन: अर्का छोराको पनि मृत्यु भएको थियो। आइटी इन्जिनियर पढेका दुबै जना दाजुभाइको ज्वरो आएको अघिल्लो दिन बर्थडे थियो ।



    जुम्ल्याह छोराको मृत्युपछि राफेल भन्छन्, ‘कोरोनाले हाम्रो परिवार ध्वस्त बनाइदियो। मलाई थाहा छैन भगवानले किन हामीजस्ता मान्छेलाई नै यस्तो गर्छ,’ राफेलले भने,‘ मलाई आशा छ, दाजुभाइ अहिले पनि सँगै होलान्।’

    सन् १९९७ मा राफेलकी पत्नी सोजाले उनीहरूलाई केही मिनेटको अन्तरालमा जन्म दिएकी थिइन् । दुबैले एउटै विश्वविद्यालयमा आइटी पढे र इन्जिनियर बने। जुम्ल्याहा यी दाजुभाइले त्यसपछि लगभग सबै काम सँगसँगै गरे ।

    दुबै जना हैदरावादमा काम गर्थे । केही समयपछि उनीहरू काम गर्न विदेश जाने सोचमा थिए। (एजेन्सीहरुको सहयोगमा)

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार