Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

बाराको कलैयामा २ जना दाजुभाईको घाँटी रेटेर हत्या

बारा। जिल्लाको कलैया उपमहानगरपालिका-७मा दुईजना बालकको घाँटी रेटेर हत्या गरिएको अवस्थामा शव फेला परेको छ ।

स्थानीय गफार मियाँका दुई छोराहरु (९ बर्षीयउसमान अन्सारी र ७ वर्षीय अमिन अन्सारी)को घाँटी रेटेर हत्या गरिएको अवस्थामा शव फेला परेको प्रदेश न २ का प्रहरी प्रमुख डीआईजी धिरजप्रताप सिंहले जानकारी दिए।

डीआईजी सिंहका अनुसार हत्या भएका बालकहरुको धारिलो हतियारले घाँटी रेटेर छाडेको अबस्थामा आज बिहान सोही ठाउँमा निर्माणाधीन मदरसाको कोठाभित्र शव फेला परेको हो।

हिजो साँझ ८ बजे घरबाट बाहिर खेल्न गएका दुवैजना बालक घर फर्केका थिएनन् । गफार मियाँका दुवैजना छोराको शव देखेपछि आज बिहान स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

हत्या गरिएका ती बालकका बुवा वैदेशिक रोजगारीको क्रममा कतारमा छन् भने घटनाबारे थप अनुसन्धानमा तालिमप्राप्त कुकुर परिचालन गरिएको प्रहरी प्रमुख डीआईजी सिंहले बताए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077