Online Nepal
  • बिहिबार, ११ पुष २०८१
  • सुरक्षा र गुप्तचर बिभागमा काम गर्ने चिनियाँ नागरिकका छोरा /छोरीलाई अमेरिकामा प्रतिबन्ध

    सुरक्षा र गुप्तचर बिभागमा काम गर्ने चिनियाँ नागरिकका छोरा /छोरीलाई अमेरिकामा प्रतिबन्ध

    अनलाइन नेपाल
  • मंगलबार, ४ जेष्ठ २०७८
  • 2.2K
    SHARES

    एजेन्सी। अमेरिकी दूतावास र चीनमा रहेको वाणिज्य दूतावासले यस महिनाको सुरूमा विद्यार्थीहरूको लागि भिसा ‘अपोइन्टमेन्ट’ पुनः सुरु गर्‍यो ।

    तर, सरकारी विभागहरूमा काम गर्ने कर्मचारीका छोरा/ छोरीलाई भने भिसा दिइएन। ग्लोबल टाइम्सका अनुसार  जसका अभिभावकहरूले सुरक्षा, अध्यागमन र भ्रष्टाचार विरोधी सरकारी विभागहरूमा काम गरेका छन्, उनीहरुका छोरा /छोरीलाई अमेरिका जान प्रतिबन्ध लगाइएको छ।



    अमेरिकी स्कूलमा आवेदन दिइरहेका विद्यार्थीहरूका लागि परामर्श सेवा प्रदान गर्ने बेइजिङस्थित गेवई एजुकेशनले सोमबार ग्लोबल टाइम्सलाई पठाएको पत्रमा अमेरिकी वाणिज्य कन्सुलर अफिसरले एक विद्यार्थीलाई भिसा नदिने जानकारी दिएका थिए ।



    त्यस्तै, चार गुप्तचर कर्मचारी तथा कानून प्रवर्तन विभागमा काम गर्ने  पति / पत्नी र  उनीहरुका छोरा /छोरीको भिसा निलम्बित गरिएको छ।

    ‘ विद्यार्थीलाई भिसा अस्वीकार गरियो किनभने उसको परिवार राज्यको सार्वजनिक सुरक्षा कार्यमा संलग्न छ,’ गेवई एजुकेशनका मालिक किआओ जियांगले सोमबार भने।

    अमेरिकामा स्नातकको अध्ययनको योजना बनाइरहेका केहि विद्यार्थीहरूले भिसा लिएका छन्, तर स्नातकोत्तर पढाइको अध्ययन गर्ने कसैले पनि भिसा पाएका छैनन।जसको बिषयमा ले छानविनको माग गरेका छन् ।

    मे २०२० मा, अमेरिकाले चीनको सैन्य-नागरिक फ्यूजन रणनीतिसँग सम्बद्ध रहेको भन्दै चिनियाँ स्नातकोत्तर विद्यार्थी र शोधकर्ताहरूलाई अमेरिकामा अध्ययन गर्न वा काम गर्न प्रतिबन्ध लगायो ।

    अमेरिकामा जो वाइडेन राष्ट्रपति बनेपछि उदार नीति लिने अपेक्षा गरिएपनि राष्ट्रपतिले पदग्रहण गरेपछि प्रतिबन्धहरू कायमै रहेको छ । अमेरिकी सरकारले अमेरिका र चीनबीच  आदानप्रदानलाई बढावा दिने इशारा गरे पनि  शैक्षिक मुद्दाहरूको राजनीतिकरण गरेको ग्लोबल टाइम्सले टिप्पणी गरेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार