काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट खेलाडी सन्दीप लामिछानेले कोरोना संक्रमितको उपचारका लागि कोष संकलन अभियान शुरु गरेका छन्।
सोमबार सामाजिक सञ्जालमार्फत कोष अभियान शुरु गरेको उनले जानकारी दिएका हुन् । कोभिड १९ का बिरामी बढिरहेको अवस्थामा देश अप्ठेरो परिस्थितिमा रहेकाले अभियान थालेको लामिछानेले बताए ।
रकम परादर्शी हुने उनले बताए । संकलित रकम स्थनीय सरकारसँग समन्वय गर्दै प्राथमिकताका आधारमा सहयोग गर्ने लामिछानेको भनाइ छ । टिम सन्दीपको नाममा उनले ३ लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेका छन्।
सहयोग गर्न चाहानेले लामिछानेको नाममा रहेको सेन्चुरी बैंकको 0170000353CA रकम जम्मा गर्ने सक्नेछन्।
Leave a Reply