Online Nepal
  • बिहिबार, ८ कार्तिक २०८१
  • स्पानिस ला लिगा : एट्लेटिको मड्रिड उपाधि नजिक

    स्पानिस ला लिगा : एट्लेटिको मड्रिड उपाधि नजिक

    अनलाइन नेपाल
  • सोमबार, ३ जेष्ठ २०७८
  • 4.1K
    SHARES

    एजेन्सी । स्पानिस ला लिगामा ओसासुनाविरुद्ध पुनरागमन जित हात पार्दै एट्लेटिको मड्रिड उपाधि नजिक पुगेको छ । आइतबार राति भएको खेलमा एट्लेटिकोले एक गोलले पछि परेको स्थिति उल्टाउँदै ओसासुनालाई दुई एक गोलअन्तरले पराजित गरेको हो ।

    यस जितपछि अन्तिम खेल खेल्नुअघि एट्लेटिकोले दोस्रो स्थानको रियल मड्रिडमाथि २ अंकको स्पष्ट अग्रता समेत बनाएको छ ।



    रियलले गएराति नै एथ्लेटिक विल्वाओलाई एक शुन्य गोलले पराजित गर्दै उपाधि होडमा कायमै राखेको छ । बार्सिलोना भने सेल्टा भिगोसँग पराजित हुँदै उपाधि होडबाट बाहिरिएको छ ।



    एट्लेटिकोको घरेलु मैदानमा भएको खेलमा एन्टे बुडिमिरले ७५औं मिनेटमा गोल गर्दै ओसासुनालाई अग्रता दिलाएका थिए । त्यसअघि ५९औं मिनेटमा एट्लेटिकोका स्टेफान साभिकले गोल गरे पनि भिएआरले त्यसलाई मान्यता दिलएन ।

    एक गोलले पछि परेको एट्लेटिकोका लागि ८२औं मिनेटमा रेनान लोडीले बराबरी गोल फर्काए । त्यसपछि ८८औं मिनेटमा लुइस सुआरेजले निर्णायक गोल गर्दै एट्लेटिकोलाई २(१ को जित दिलाए । जितपछि एट्लेटिकोको ३७ खेलबाट ८३ अंक छ । दोस्रो स्थानको रियलको समान खेलबाट ८१ अंक छ ।

    अब अन्तिम चरणमा एट्लेटिकोले रियल भाल्लोडोलिडसँग उसैको मैदानमा खेल्नेछ । रियलले भने घरेलु मैदानमा भियारियालसँग खेल्नेछ । एट्लेटिकोले जित हात पारे स्वतस् च्याम्पियन बन्नेछ ।

    यदि एट्लेटिकोले बराबरी खेलेमा र रियल विजयी भएमा दुवै टोलीको समान ८४ अंक हुन्छ । यस्तोमा हेड टु हेडको आधारमा रियल विजेता बन्न सक्छ ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार