Online Nepal
  • शुक्रबार, २३ कार्तिक २०८१
  • पाकिस्तानको सिन्धमा गोली चल्यो, ९ जनाको मृत्यु

    पाकिस्तानको सिन्धमा गोली चल्यो, ९ जनाको मृत्यु

    अनलाइन नेपाल
  • आइतबार, २ जेष्ठ २०७८
  • 2.1K
    SHARES

    फाइल तस्बिर

    एजेन्सी। पाकिस्तानको दक्षिणी सिन्ध प्रान्तमा शनिबार राति दुई समूहबीच भएको गोली हानाहानमा कम्तीमा नौ जनाको मृत्यु भएको छ भने पाँच जना सख्त घाइते भएका छन् ।

    प्रहरीका अनुसार, सिन्धको काँधकोट क्षेत्रमा दुई परस्पर आदिवासी समूहहरु जागिरानी र चाचारबीच घण्टौसम्म भिडन्त भएको थियो । घटनास्थलमा प्रहरी पुग्दा दुबै समूहका हतियारधारी व्यक्तिहरुले एकअर्कामाथि गोली चलाइरहेको देखिएको स्थानीय प्रहरीले जनाएको छ ।



    प्रहरीले शवहरु बरामद गर्नुका साथै घाइतेहरुलाई अस्पताल भर्ना गरेको छ भने दुवै समूहका व्यक्तिमाथि दुई अलग मुद्दा दर्ता गरेको छ । स्वचालित बन्दुक, हाते ग्रिनेड र क्षेप्यास्त्र पनि प्रयोग भएको स्थानीय सञ्चार माध्यमले जनाएका छन् ।



    स्थानीयबासीमा त्रास फैलिएको भन्दै प्रहरीले व्यापक कारबाही अगाडि बढाएको सिन्ध प्रान्तका प्रहरी प्रमुखले बताएका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार