Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

बाबुरामले मध्यरातमा ओलीसँग भेटेर प्रधानमन्त्री बनाइदिन आग्रह गरेको सत्य हो ?

काठमाडौं । पूर्व प्रधानमन्त्री तथा जसपा संघीय परिषदका अध्यक्ष डा.बाबुराम भट्टराईले बालुवाटारमा केपी ओलीसँग भेटवार्ता गरेको आँफैले खुलासा गरेका छन्।

भट्टराईले  प्रधानमन्त्री ओलीलाई भेटेर आफुलाई  राष्ट्रिय सहमतिको सरकारको प्रधानमन्त्री बनाइदिन राखेको प्रस्ताव एकाएक बाहिरिएको थियो।

भट्टराईले ओलीसँग राती एक बजे दुई पटक भेटेर आफुलाई प्रधानमन्त्री बनाइदिन भन्दै हारगुहार गरेको कुरा एमाले नेता महेश बस्नेतले बाहिर ल्याएपछि भट्टराई बिबादमा तानिएका छन् ।

भट्टराईले विवादमा परेपछि अहिले भने संविधानको धारा ७६ को उपधारा ५ वमोजिमको सरकार अझै बनाउन सकिने भएकाले विचार गर्न दलहरुलाई आग्रह गरेका छन् ।

भट्टराईले आइतवार विहान ट्वीट गर्दै  भनेका छन्, ‘महाविपत्ति उन्मुख देशलाई निकास दिन मैले व्यक्ति ओलीलाई होइन प्रम ओलीलाई भेटेकै हो । मैले वर्तमान र पूर्व प्रम बाहेकका व्यक्तिको नेतृत्वमा राष्ट्रिय सरकार बनाउँ भनेकै हो । उहाँले नमानेपछि अरुलाई नभनेको हुँ ।’

यता, जसपा नेपालका युवा नेता विश्वदिप पाण्डेले भट्टराईको प्रतिरक्षा गर्दै महेश बस्नेतप्रति चर्को आलोचना गरेका छन् । उनले सामाजिक सन्जालमा लेखेका छन्, 'आज एमालेका अपहरण विभाग प्रमुखले छेउटुप्पो नबुझी वान्ता गरेछन् । बाबुरामले ओलीलाई भेट्नुभएको सत्य हो । तर देश द्वन्दमा जान लाग्यो भनेर चिन्ताका साथ एक नागरिकको हिसाबले ओलीलाई हैन, देशको प्रधानमन्त्रीलाई उहाँले भेट्नुभएको हो । बाबुरामले - निषेधको राजनीति अन्त्य गरौं, राष्ट्रिय सहमति बनाएर चुनावमा जाउँ, यसले सबैमा विश्वासको वातावरण बनाउँछ, तपाईं प्रधानमन्त्री भएकोले तपाईंले नै पहल गर्दा राम्रो हुन्छ - भनेर असल नियतका साथ अन्तिम प्रयासस्वरुप प्रस्ताव राख्नुभएको हो । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले प्रधानमन्त्रीलाई भेट्दा पूर्वप्रम/वर्तमान प्रमबाहेकको व्यक्तिले सरकारको नेतृत्व गर्ने गरी सबै दलको सहभागितामा राष्ट्रिय सरकार बनाऔं भनेर प्रस्ताव राख्नुभएको थियो । प्रधानमन्त्रीसँग राखेको प्रस्ताव नै उहाँले ट्विटरमार्फत पनि सार्वजनिक गर्नुभएको थियो । त्यहाँ कुनै लेनदेनको कुरा भएका थिएनन् । तर अपहरण विभाग प्रमुखलाई राजनीतिक कुरा, देशलाई निकास दिने कुरा कहाँ पच्छ र ? देशको राजनीति स्थिर हुँदा त आफ्नो अपहरण व्यवसाय नै धरापमा जो पर्छ !!!'

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077