Online Nepal
  • बिहिबार, ८ कार्तिक २०८१
  • लेस्टर सिटीलाई एफए कपको उपाधि

    लेस्टर सिटीलाई एफए कपको उपाधि

    अनलाइन नेपाल
  • आइतबार, २ जेष्ठ २०७८
  • 1.3K
    SHARES

    एजेन्सी । एफए कप फुटबलको उपाधि लेस्टर सिटीले जितेको छ ।

    शनिबार राति बेलायतको वेम्बली रंगशालामा भएको खेलमा चेल्सीलाई १–० गोलले पराजित गर्दै लेस्टरले उपाधि जितेको हो ।



    क्लब स्थापना भएको १३७ वर्षको इतिहासमा लेस्टरले पहिलो पटक उपाधि जितेको हो । लेस्टरको जितका लागि युरी टियलमेन्सले खेलको ६३ औं मिनेटमा गोल गरेका थिए ।



    आठ पटक एफए कपको उपाधि जितिसकेको चेल्सीले नवौँ उपाधि जित्न भने असफल भएको हो । चेल्सीले म्यान्चेस्टर सिटी र लेस्टर सिटीले साउथह्याम्प्ट्नलाई हराएर फाइनलमा पुगेका थिए ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार