Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

इजरायली सेनाले अल-जजीराको कार्यालय रहेको टावर नै ध्वस्त बनायो (भिडियोसहित )

एजेन्सी। इजरायली सेना र प्यालेस्टाइनबीच चलिरहेको हिंसात्मक द्वन्द्वले गृहयुद्धको खतरा बढेको छ । गाजामा आज इजरायली आक्रमणमा एउटा टावर ब्लक नष्ट भएको छ।

यसमा समाचार एजेन्सी एसोसिएटेड प्रेस र कतारको न्यूज च्यानल अल-जजीराको कार्यालयहरू थिए।

रोयटर्स समाचार एजेन्सीले यस भवनका मालिकले आक्रमण अघि इजरायलबाट आक्रमणको चेतावनी प्राप्त गरेको गरेको र भवन खाली गरेको वताएका थिए ।

यो १२-मंजिला टावर ब्लकमा धेरै अपार्टमेन्टहरू र अन्य कार्यालयहरू थिए।

इजरायली सेनाले हमासको अड्डा रहेको गाजाको टावर भत्काएको दाबी गरेको छ ।

यद्यपि सेनाले  आक्रमणअघि सर्वसाधारणलाई समयमै भवन छोड्न चेतावनी दिएको थियो।

इजरायली सेनाले ट्विटरमा पोस्ट गर्दै उक्त भवनमा 'हमास सैनिक उपकरण' रहेको छ र ती ओगटेका व्यक्तिहरुलाई "मानव ढाल" को रुपमा प्रयोग गरिएको जनाएको थियो ।

प्यालेस्टाइनका स्वास्थ्य अधिकारीहरूले  गाजा पट्टीमा शनिबार इजरायली हवाई हमलामा १३ व्यक्तिको मृत्यु भएको र गाजामा मरेकाहरूको संख्या १३९ पुगेको दाबी गरेको छ ।

गाजामा बीबीसीको कार्यालय यस भवनमा थिएन।

https://twitter.com/StefanieDekker/status/1393541536755986445?ref_src=twsrc%5Etfw%7Ctwcamp%5Etweetembed%7Ctwterm%5E1393541536755986445%7Ctwgr%5E%7Ctwcon%5Es1_&ref_url=https%3A%2F%2Fwww.bbc.com%2Fhindi%2Finternational-57127505

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077