Online Nepal
  • शनिबार, १३ पुष २०८१
  • प्रधानमन्त्री र राष्ट्रपतिमाथि संसद बोलाएर कारबाही गर्न संविधानविद् आचार्यको माग

    प्रधानमन्त्री र राष्ट्रपतिमाथि संसद बोलाएर कारबाही गर्न संविधानविद् आचार्यको माग

    अनलाइन नेपाल
  • शनिबार, १ जेष्ठ २०७८
  • 3.5K
    SHARES

    काठमाडौं। संविधानविद् डाक्टर भीमार्जुन आचार्यले राष्ट्रपति र प्रधानमन्त्रीले जानीजानी राज्यबिरूद्धको अपराध गरेको आरोप लगाएका छन्। आचार्यले राष्ट्रपति  भण्डारी र प्रधानमन्त्री  ओलीमाथि संसदको विशेष अधिवेशन बोलाएर कारवाही गर्न माग गरेका हुन ।

    शपथ ग्रहणका क्रममा हिजो राष्ट्रपति र प्रधानमन्त्रीले जानीजानी राज्य बिरूद्धको अपराध गरेकोमा कारवाही हुनुपर्ने आचार्यको तर्क छ ।



    संविधानविद् आचार्यले भनेका छन्,‘संविधान र राष्ट्रको स्वाधीनतालाई गिज्याउनु राज्य बिरूद्धको अपराध हो। ’



    त्यसैले तत्काल संसद्को विशेष अधिवेशन आब्हान गरी कारवाही अघि बढाउन उनले माग गरेका छन् ।राष्ट्रपति र प्रधानमन्त्रीबाट संविधान र लोकको कुनै आदर र कदर बाँकी नरहेको समेत आचार्यले टिप्पणी गरेका छन् ।

    प्रधानमन्त्री केपी शर्मा ओलीले शपथ लिने क्रममा हिजो ‘प्रतिज्ञा गर्छु’ भन्ने शब्द उच्चारण नगरेपछि राष्ट्रपति भण्डारीले फेरि ‘प्रतिज्ञा गर्छु’ भनेर दोहोर्याउँदा समेत प्रधानमन्त्री अ‍ोलीले ‘त्यो पर्दैन’ भनेका थिए । यही विषयमाथि संविधानविद् आचार्यले शपथको भिडियो राखेर प्रतिक्रिया दिएका हुन् ।

    प्रधानमन्त्रीले शपथमा त्यो पर्दैन भनेर अशोभनीय व्यवहार देखाउँदा राष्ट्रपति हाँसेकी थिइन् । जसको सर्वत्र आलोचना भैरहेको छ । र, फेरि शपथ लिनुपर्ने आवाज पनि उठिरहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार