Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

इजरायलमा गोलाबारी हुँदा बङ्करमा रात बिताउँदै नेपाली नागरिक , जुनसुकै बेला रकेट खस्ने त्रास

एजेन्सी। इजरेल र प्यालेस्टीनको उग्रवादी समूहबीच हवाई आक्रमण चर्किँदा इजरेलमा रहेका नेपालीहरूले त्रासमा बङ्करमा रात कटाइरहेको अनुभव सुनाएका छन्।

इजरेलमा गाजाबाट रकेट आक्रमण हुन थालेपछि आफ्ना पछिल्ला रात बङ्करमा बितिरहेको त्यहाँ एक दशकदेखि कार्यरत बर्दियाकी जानुका घर्ती क्षेत्री बताउँछिन्।

इजरेल र प्यालेस्टीनी विद्रोहीहरू बीचको पछिल्लो आक्रमणको शृङ्खलालाई सन् २०१४ यताकै सबैभन्दा खराब हिंसा भनिएको छ।

गाजा नजिक इजरेलको दक्षिण क्षेत्रमा केअर गिभर रूपमा कार्यरत क्षेत्री जतासुकै खतराको अवस्था भएकाले छिनछिनमै डर लागिरहेको बताउँछिन्।'पसिनै पसिना भए,
उनले बीबीसीसँग भनिन्, 'पहिला म सहरतिर थिएँ, यस्तो सुनिँदैन थियो। तर अहिले सीमा नजिकै छु र छिनछिनै विस्फोटनको आवाज सुनिएकाले डर लागिरहेको छ।'

उनले थपिन्, 'मैले हेरचाह गर्ने ८५/८६ वर्षकी आमा हुनुहुन्छ। उहाँलाई नुहाइदिँदै गर्दा चेतावनी दिने साइरन बज्यो अनि पड्कियो। म डरले पसिनै पसिना भएँ।' आफू चार दिनदेखि बङ्करमा बसेको उल्लेख गर्दै उनले बाहिर निस्कने स्थिति नभएको बताइन्।

घर्ती भन्छिन्, 'गाजा क्षेत्र नजिकै भएकाले म काम गर्ने निजी घरभित्रै बङ्कर छ। हामी बङ्करमा नै सुत्ने र भान्सामा खाना बनाएर त्यही लगेर खाने गरिरहेका छौँ।'

घर्तीजस्ता झन्डै दुई हजार नेपाली वैधानिक रूपमा हाल इजरेलमा रहेको तेल अभिभस्थित नेपाली दूतावासले जनाएको छ।

अरू करिब ८०० नेपाली गैरकानुनी रूपमा इजरेलमा बसिरहेको हुनसक्ने नेपाली अधिकारीहरू बताउँछन्।

रकेट खस्ने अवस्थामा पनि बङ्करमा जान पूर्वचेतावनी दिने साइरन बज्ने भएकाले त्यसैअनुसार सावधानी अपनाउन सर्वसाधारणलाई अपिल गरिएको छ।

बुधवार राजदूतावासले विज्ञप्ति जारी गर्दै जेरूसेलम र दक्षिण इजरेली क्षेत्रमा सयौँ रकेट आक्रमण भइरहेकाले सबैलाई त्रसित तुल्याएको जनाएको थियो।

नेपाली राजदूत अन्जान शाक्यद्वारा जारी गरिएको सन्देशमा सम्भव भएसम्मका सुरक्षा उपाय अपनाउन र साइरन बज्ने बित्तिकै बङ्कर, वा अन्य सुरक्षित स्थानमा जान अनुरोध गरिएको थियो।

घिमिरेका अनुसार इजरेलको परराष्ट्र मन्त्रालयले दूतावासहरूलाई नियमित रूपमा अवस्थाको जानकारी उपलब्ध गराइरहेको छ।

दुई दिनअघि नेपालको परराष्ट्र मन्त्रालयले इजरेल र प्यालेस्टीनबीच चुलिएको तनावलाई लिएर नेपाल चिन्तित रहेको भन्दै दुवै पक्षलाई अत्यधिक संयम अपनाएर जनधनको थप क्षति रोक्न अपिल गरेको थियो।

नेपालले शान्तिपूर्ण रूपमा समस्याको समाधान खोज्न पनि भनेको थियो।

गएको सेप्टेम्बरमा थप पाँच सय नेपाली कामदारलाई रोजगारी दिने विषयमा नेपाल र इजरेलबीच सम्झौता भएको थियो। - बिबिसी नेपाली

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077