Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • ओली-नेपाललाई वामदेवले शुभकामना दिँदै भने – पार्टी एकतामा सफलता मिलोस्

    ओली-नेपाललाई वामदेवले शुभकामना दिँदै भने – पार्टी एकतामा सफलता मिलोस्

    अनलाइन नेपाल
  • शुक्रबार, ३१ बैशाख २०७८
  • 1.7K
    SHARES

    फाइल फोटो

    काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेका नेता वामदेव गौतमले प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपालबीच सुरु भएको संवाद नेकपा एमालेका निम्ति एक महत्वपूर्ण घट्नाको रुपमा स्थापित होस भन्दै शुभकामना ब्यक्त गरेका छन्।

    नेता गौतमले सामाजिक सञ्‍जालमार्फत् ओली र नेपाल विचको विहिबारको कुराकानीलाई पार्टीभित्र उत्पन्न समस्या समाधानका सम्बन्धमा प्रारम्भिक संवाद सुरु भएको बताएका हुन्।



    उनले लेखेका छन्,’नेकपा (एमाले) का दुई वरिष्ठ नेताहरु अध्यक्ष क.के.पी शर्मा ओली र पार्टीका पूर्व महासचिव क.माधव कुमार नेपाल विच पार्टीभित्र उत्पन्न समस्या समाधानका सम्बन्धमा प्रारम्भिक सम्बाद शुरु भएको छ । यो नेकपा(एमाले) का निम्ति एक महत्त्वपूर्ण घटनाका रुपमा स्थापित होस भन्ने मेरो चाहना छ । पार्टीको एकता निर्माणमा सफलता मिलोस भन्ने शुभकामना दिन्छु । साथै पार्टी अध्यक्ष क. के.पी. शर्मा ओली नेपाल को ४३ औं प्रधानमन्त्री नियुक्ति हुनुभएकोमा हार्दिक बधाई दिन्छु ।’



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार